बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सेयर बजार २७ सयमुनि झर्‍यो

सेयर बजार २७ सयमुनि झर्‍यो

नेप्से ५३ अंकले घट्दा कारोबार साढे १० अर्बमा सीमित


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८१, आइतबार

काठमाडौं / आइतबार सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो । सो अंकको गिरावटपछि परिसूचक २६९५. ९३ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७८१ अंकसम्म पुगे पनि वृद्धि टिकेन । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चियो ।

सुपर माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ८.३, सामलिङ पावरको ५.८, अपरहेवाखोलाको ५.२ प्रतिशत बढ्यो ।

पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ९.९, नेपाल फाइनान्सको ९.५, मिडसोलु हाइड्रोपावरको ९.२, बुद्धभूमि हाइड्रोपावरको ७.९, हिमालयन हाइड्रोपावरको ७.९, माथिल्लो मैलुङखोलाको ७ तथा मन्दाकिनी हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->