बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीमा अब ९ मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राइयाे

गण्डकीमा अब ९ मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राइयाे

कांग्रेसलाई मुख्यमन्त्रीसहित ५ र एमालेलाई ४ मन्त्रालय, दीपक मनाङे र फणिन्द्र देवकोटा कांग्रेस कोटाबाट मन्त्रीमा यथावत्


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८१, आइतबार
oplus_2

पोखरा/ गण्डकी प्रदेशमा मन्त्रालय बढाएर ९ पु¥याइएको छ । केही दिनअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार ७ मन्त्रालयबाट ९ पु¥याउने प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकलगत्तै आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राउने निर्णय भएको बताए । ‘नौ मन्त्रालयमध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेलाई ४ मन्त्रालयको जिम्मेवारी दिइने २ दलबीच सहमति भएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘छिट्टै नै एमालेका तर्फबाट ४ जना मन्त्री सरकारमा सहभागी हुनुहुनेछ ।’ कुन मन्त्रालय कुन पार्टीको भागमा पर्ने भन्ने यकिन भने भइनसकेको उनले जनाए । एमाले संसदीय दलका नेता काठमाडौंबाट फर्किएपछि मन्त्रालयको विषयमा छलफल भएर टुंग्याइने उनको भनाई थियो । कांग्रेसको कोटाबाट आफुलाई दुखमा साथ दिएका भनिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई मन्त्रीमा यथावत् राख्ने पाण्डेले बताए ।

मुख्यमन्त्री पाण्डेले गण्डकीमा पटकपटक मन्त्रालय बढाइएको बताए । ८, ९, १२ सम्म पुराइएको प्रसंग उल्लेख गर्दै उनले औचित्य र आवस्यकताको आधारमा ९ मन्त्रालय बनाइएको दावी गरे । ‘दुईजना मन्त्री, स्वकीय सचिव र एकजना कार्यालय सहयोगीबाहेक अरु भार पर्दैन’ मुख्यमन्त्रीले भने, ‘अरु कर्मचारीलगायत संरचनामा ९ वटै मन्त्रालयको छ ।’ संघमा कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि प्रदेशमा पनि हुनुपर्ने तर केही ‘होमवर्क’ गर्नुपरेका कारण गण्डकीमा ढिलो भएको उनले बताए । अरु प्रदेशमा कांग्रेस र एमाले नमिलि सरकार गठन गर्न नसकिने अवस्था रहे पनि गण्डकीमा भने अहिलेको सरकार बहुमतमा रहेको भन्दै तर पनि गठबन्धनको मर्म अनुसार आफु अघि बढेको उनले बताए ।

गुरुङ र देवकोटाको विषयमा एमालेलाई सम्झाउन, बुझाउन समय लागेको भन्दै मुख्यमन्त्री पाण्डेले आफुले गरेका हरेक काम र निर्णयमा एमालेलाई जानकारी गराएर मात्र गरेको जनाए । ‘कुन पार्टी सरकारमा आउला र नियुक्ती गरौला भनेर सरकारका दैनिक कामकाज रोक्न नहुने भनेर विभिन्न नियुक्ती गरिएको हो’ उनले भने, ‘एमाले पनि सुरुमै सरकारमा आएको भए हुन्थ्यो तर आएन ।’

अर्को एक प्रसंगमा मुख्यमन्त्री पाण्डेले संघीय सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले कांग्रेस र एमाले शीर्ष नेताबीच भएको सम्झौता थाहा नपाई गण्डकी सरकारका बारेमा बोलेको टिप्पणी गरे । ‘जसले प्रदेशमा ११ मन्त्रालय बनायो, उसैले आज आएर ७ भन्दा बढाउनु हुदैन भन्नु गलत हो’ गुरुङप्रति लक्षित गर्दै उनले भने, ‘को कसले बाटोमा केके बोल्दै हिन्छ त्यतातिर म जाँदिन ।’ उनले एमाले गण्डकीका संसदीय दलको नेता र एमाले अध्यक्षसंगबाहेक अरुसंग कुराकानी गर्नुको औचित्य नरहेको बताए ।

गुरुङले शनिवार पोखरामा पत्रकारहरुसंगको भेटघाटमा गण्डकी सरकार मुख्यमन्त्रीको निजी शासन नभएको र कहीँ नभएको जात्रा हाँडीगाउँमा जस्तै भएको भनेर टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->