
पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले नारीहरुको तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विकृति विसंगतिरहित समाज निर्माण हाम्रो अभियान भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले पछिल्लो समयमा तीजमा हुने विकृति विसंगती हटाउनका लागि सवैलाई अनुरोध गरेको छ ।
उक्त अवसरमा संस्थामा आवद्ध महिला सदस्य र यस वरपरका आमा समूहको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा ज्येष्ठ नागरीक झलकमाँया पराजुलीले गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन । उक्त अवसरमा उनलाई संस्थाका अध्यक्ष रामप्रसाद अधिकारी र पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले दोसल्ला ओढाई सम्मान गरेका थिए । त्यसै अवसरमा हालै सम्पन्न सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथाको अधिवेशनबाट अध्यक्षमा निर्वाचित गंगा खनाललाई वधाई ज्ञापन गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्य चिजकाजी गुरुङले उत्कृष्ट नृत्य गर्ने चार जनालाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले नेपालीका हरेक पर्वमा आफ्नै संस्कृति रहेको बताउँदै आफ्नो संस्कृतिलाई विकृती नबनाउन आग्रह गरे । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समितिका अध्यक्ष भीम पराजुली, सामुदायिक सेवा केन्द्र वगरका पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष जीवन अधिकारी, सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल, मैदान आम समूहकी मनु वस्नेत, सामदुायिक सेवा केन्द्र वगरकी सदस्य कार्यक्रम संयोजक राधा बराल र सचिव शिवराज अधिकारीले बोलेका थिए ।





