बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिका–८ न्युरोडस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गर्दै केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठेरो परेको बताए । उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको जनाए ।

संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानोसानो पुंजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास गर्न शेयर सदस्यहरुलाई आह्वान गरे । सहकारीको आर्थिक कारोबारलाई पारदर्शी र विश्वसनिय ढंगले अगाडी बढाउँदै शेयर सदस्यका हितको लागि कार्य गर्ने प्रतिबद्धता पनि उनले जनाए । कार्यक्रममा संस्थाका सल्लाहकार होमराज भट्टराई, नवराज सुबेदी, दुर्गादत्त पौडेल, संस्थाका उपाध्यक्ष मधु सुबेदी, सम्मानित शेयर सदस्य राजेन्द्र इटानी लगायतले बोलेका थिए ।

साधारण सभामा सहकारीका अध्यक्ष सुदीप अधिकारी, सचिव रुपकराज मिश्र, कोषाध्यक्ष एकराज गिरी, लेखा सुपरिवेक्षण समिती संयोजक विजेन्द्र शर्मा पौडेल लगायतले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए । समारोहमा गत आर्थिक वर्षभरी उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु राजेन्द्र इटानी र आरती केसीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सुदीप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवम कार्यक्रम संयोजक मधु सुबेदीले गरेका थिए । कार्यक्रममा सहकारीको सिद्धान्त सहकारीका सदस्य गीता पराजुली बाचन गरेकी थिइन् भने स्वागत नृत्य संस्कृति अधिकारीले र कार्यक्रमको संचालन सन्जय मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->