बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

को हुन् एमालेबाट मन्त्री बन्ने पाठक, केसी, जिसी र बस्याल ?

को हुन् एमालेबाट मन्त्री बन्ने पाठक, केसी, जिसी र बस्याल ?


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८१, सोमबार

पोखरा/ नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ । केन्द्रमा कांग्रेस एमाले गठबन्धन भएको ठीक २ महिनापछि आज एमाले प्रदेश सरकारमा सहभागी हुदैछ ।

एमाले संसदीय दलका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीका अनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्या, बागलुङका कृष्णप्रसाद पाठक र कास्कीका प्रकाश बहादुर केसीलाई एमालेले कांग्रेस नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो । उनीहरुको मन्त्रालयको जिम्मेवारी भने सार्वजनिक गरिएको छैन । एमाले संसदीय दलका नेता खगराज अधिकारीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेटेर पोखरा फर्किएलगत्तै मन्त्री छनौट गरेका हुन ।

चार मन्त्रीमध्ये पर्वत प्रदेश सभा ख बाट निर्वाचित मित्रलाल बस्याल एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ पक्षधर सांसद हुन । बस्याल हालको गण्डकी प्रदेश सभामा ज्येष्ठ सांसद हुन । उनी धौलागिरीका पुराना नेता हुन । यसअघि गुरुङ निकट कास्कीका भीमबहादुर कार्की मन्त्री बन्ने चर्चा रहे पनि उनी बन्चित हुन पुगे ।

नवलपुर प्रदेशसभा २ को क बाट निर्वाचित पद्मा जिसी श्रेष्ठ यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चा चले पनि पछि नाम हटाइएको थियो । उनी २०४८ सालमा अनेरास्ववियुमा लागेर राजनीतिमा प्रवेश गरेकी थिइन ।

एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेल निकट मानिने पाठक बागलुङबाट समानुपातिक सांसद हुन । पाठक २०३१ सालमा तत्कालिन नेकपा (मसाल) निकटको विद्यार्थी संगठनमा लागेर राजनीतिमा प्रवेश गरेका थिए । २०४१ मा मसाल छाडेर उनी तत्कालिन र माले हुँदै एमालेमा सक्रीय छन् ।

प्रकाशबहादुर केसी एमाले नेता खगराज अधिकारी निकट हुन । उनी राप्रपा हुँदै एमालेमा प्रवेश गरेका धनाढ्य हुन । पहिलोपटक राप्रपाको कोटाबाट खाद्य संस्थानको अध्यक्ष भएका थापा एमाले प्रवेश गरेर दोस्रो कार्यकाल पनि सोही संस्थानको अध्यक्ष भएका थिए । चारैजना मन्त्रीको आजै सपथ हुदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->