बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्री पाण्डेलाई खगराजले बुझाए एमालेका चार मन्त्रीको नामवली

मुख्यमन्त्री पाण्डेलाई खगराजले बुझाए एमालेका चार मन्त्रीको नामवली


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८१, सोमबार

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो पार्टीले पाउने मन्त्रालयको लागि ४ मन्त्रीको नाम बुझाएका छन् । मुख्यमन्त्री पाण्डेसंग सोमवार बिहान भएको छलफलपछि मुख्यमन्त्रीलाई एमालेका चार मन्त्रीको नामवली बुझाएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीका अनुसार बागलुङका कृष्णप्रसाद पाठक, नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाश बहादुर केसीलाई एमालेले कांग्रेस नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो । उनीहरुको मन्त्रालयको जिम्मेवारी भने सार्वजनिक गरिएको छैन । एमाले संसदीय दलका नेता खगराज अधिकारीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेटेर पोखरा फर्किएलगत्तै मन्त्री छनौट गरेका हुन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->