मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान सल्यानहुँदै झिम्पा पुग्यो

राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान सल्यानहुँदै झिम्पा पुग्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८१, सोमबार

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको सल्यान, छिस्ती, धम्जा, मल्म, दर्लिङ, अधिकारीचौर र झिम्पामा सम्पन्न भएको छ ।
बरेङ गाउँपालिका ४ सल्यानमा सम्पन्न कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङका अध्यक्ष कृष्ण पौडेल, जिल्ला सदस्य हिराबहादुर थापा, राजमो बरेङका सचिव पृथ्वीबहादुर पुन, सह–सचिव तुफान पुन, सल्लाहकार रुपनारायण शर्मा बोलेका थिए ।
अभियानअन्तर्गत जैमिनी नगरपालिका ८ छिस्तीमा सम्पन्न कार्यक्रममा राजमोका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर दर्जी, बागलुङका सल्लाहकार तथा जैमिनी नगरप्रमुख नरबहादुर पुन, राजमो नगर सदस्य झलक पुनले प्रशिक्षण मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, काठेखोला गाउँपालिका ३ धम्जा, गलकोट नगरपालिका ९ मल्म, बडिगाड गाउँपालिकाको दर्लिङ, ढोरपाटन नगरपालिकाको अधिकारीचौर र निसीखोलाको अधिकारीचौरमा पनि विशेष संगठनात्मक सम्पन्न भएको जनमोर्चाले जनाएको छ । काठेखोलामा सम्पन्न भेलामा जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सदस्य लक्ष्मण पुन, टिकासंगम बिक, सल्लाहकार अर्जुन खत्री, गलकोटको मल्ममा सम्पन्न पार्टीका केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना, बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, बिष्णु बस्नेत लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
यसैगरी, बडिगाडको दर्लिङ, ढोरपाटनको अधिकारीचौर र निसीखोलाको झिम्पामा सम्पन्न अभियानमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, जिल्ला उपाध्यक्ष खिम बिक्रम शाही, सचिव भीमलाल पोखरेल, कोषाध्यक्ष दिपक थापा, सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, नेकपा मसाल बागलुङका प्रबक्ता मेकबहादुर पाईजाले बोलेका थिए । भदौ १२ गतेबाट शुरु भएको अभियान २२ भदौसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->