बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयमा केसीको फड्को

भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयमा केसीको फड्को


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेशमा एमालेले ४ मन्त्रालय पाएको छ । ९ मन्त्रालयमध्ये सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा भने प्रकाशबहादुर केसीले पाएका छन ।

खासै राजनीतिक पृष्ठभूमी नभएका केसी एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारी निकट भएकाले महत्वपूर्ण मन्त्रालयको जिम्मेबारीमा पुगेका हुन । २०२९ बैशाख ७ मा जन्मिएका केसी २०५४ देखि २०५८ सम्मा पोखरा उपमहानगरपालिकाको न्यायिक समितिको अध्यक्ष बनेका थिए । उक्त अवधिमा उनी तत्कालिन पोखरा उपहानगरपालिको नगर परिषद् सदस्य बने । २०६६ मा सुकुम्बासी समाधान आयोग कास्कीको उपाध्यक्ष, २०७१ मा पहिलो पटक नेपाल खाद्य संस्थानको अध्यक्ष बन्न सफल भए । त्यतिबेला उनी राप्रपा निकट थिए । पछि नेकपा एमालेमा प्रवेश गरेर उनले २०७३ देखि ०७५ सम्म दोस्रो पटक पनि खाद्य संस्थानको अध्यक्षमा नियुक्त भए ।

मुलुक संघीय संरचनामा गएसंगै केसी एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य भए । ०७९ को प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन उनी । केसी पोखराका प्रतिष्ठित उद्योगपति स्वर्गीय सूर्यबहादृुर केसीका बहिनी ज्वाई हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->