बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८१, मंगलबार

पोखरा/रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ ।
रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर, बुटवल साउथ, न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही, पशुपति काठमाडौं, हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह–आतिथ्यतामा कार्यक्रम भएको हो ।
रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट डिष्ट्रक ३२९२ का डिआरआर बिक्रम क्षेत्रिको (डष्ट्रक सेसन) अध्यक्षता एवं पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
भेलामा देशभरका रोट्रयाक्ट क्लबहरुका अध्यक्ष एवं रोट्रयाक्ट डिष्ट्रक कमिटीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानका एडिआरआर विश्वदर्शन पराजुलीको स्वागत, नम्रता लम्साल, अदित आचार्य र डिष्ट्रक सेक्रेटरी सुबिन खड्काको संयुक्त संचालनमा सम्पन्न भएको मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->