मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ बसपार्कबाट सेवा शुरु, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे उद्घाटन

बागलुङ बसपार्कबाट सेवा शुरु, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे उद्घाटन


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८१, मंगलबार

तस्बिर : अर्जुन कार्की

बागलुङ/काम थालेको २३ वर्षपछि बागलुङ बसपार्क संचालनमा आएको छ । मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ नगरपालिका वडा नं. ४ दावगरामा निर्मित बागलुङ बसपार्कको उद्घाटन गरे ।
नगर विकास कोषको ऋणमा निर्माण गरिएको बसपार्क चलाउने तयारीमै चार वर्ष लाग्यो । ऋणले बनेको बसपार्क संचालन अन्यौल हुँदा जनप्रतिनिधिको आलोचना हुने गरेको थियो भने बसपार्कलाई जग्गा दिएका जग्गादाता निराश बनेका थिए ।
बसपार्क संचालनमा आएपछि जग्गादाता र स्थानीयबासी हर्षित बनेका छन् । ४१ जग्गादाताले २३ वर्षअघि बसपार्क निर्माणका लागि जग्गा दिएका थिए । बसपार्क उद्घाटनको अवसरमा तीनै जग्गादाता र अन्टार्टिकामा पुग्ने पहिलो नेपाली बागलुङ नगरपालिकाका भुवनसिंह विश्वकर्मालाई सम्मान गरिएको छ । मुख्यमन्त्री पाण्डेले जग्गादाता र विश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
बसपार्कका सरोकारवाला, बसपार्क व्यवस्थापन समिति र बागलुङ नगरपालिकाबीच मतभेद रहँदा कामले गति लिन सकेको थिएन । २०५८ मा यहाँका बासिन्दाले साँढे १७ रोपनी जमिन दिएपछि बसपार्क निर्माणको काम शुरु भएको थियो । ठेक्कापट्टाको कामले ढीला हुँदा २०७७ जेठमा बसपार्क निर्माण सकिएको थियो ।
अहिले भएकै पहुँचमार्गको रुपमा रहेका सडकलाई स्तरीय बनाएर संचालन गर्ने र पछि छोटो सडकको काम गर्नेगरी बसपार्क संचालनमा ल्याईएको हो । नगरपालिकाले जग्गाधनीलाई प्लटिङ गरेर जग्गा फिर्ता गर्नुपर्नेलगायतका १२ बुँदे सहमति छ । बसपार्क चलेसंगै जग्गा प्लटिङ गरी जग्गाधनीलाई फिर्ताको काम थाल्ने बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठको भनाई छ । बागलुङ बसपार्कबाट उद्घाटन भएसंगै यातायात व्यवसायी सेवा शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->