मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

गत बर्षको भौतीक प्रगतिमा जैमिनी उत्कृष्ट

गत बर्षको भौतीक प्रगतिमा जैमिनी उत्कृष्ट


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०८१, मंगलबार

बागलुङ/बागलुङका स्थानिय तह मध्य जैमिनी नगरपालिकाले गत आर्थिक बर्ष ९२ प्रतिसत भौतीक प्रगति गरेको छ । जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको समिक्षा गोष्ठीमा जैमिनी नगरपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ९२ प्रतिसत भौतिक प्रगति गरेको प्रतिवेदन पेश गरेको हो ।

जिल्ला समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जैमिनिले गतबर्ष बित्तिय प्रगति भने ७५ दशमलव ९ प्रतिसत गरेको जनाइएको थियो । काँठेखोला गाउँपालिकाले भौतिक तर्फ ९० दशमलव २२ र बित्तिय तर्फ ७९ दशमलव २२ प्रतिसत प्रगति गरेको समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिए ।
बागलुङ नगरपालिकाले भौतिक तर्फ ८५ दशमलव ५, बित्तिय तर्फ ७१ दशमलव २ प्रतिसत, गल्कोट नगरपालिकाले भौतिक तर्फ ९०, बित्तिय तर्फ ८५ दशमलव ५५, ढोरपाटन नगरपालिकाले भौतिक तर्फ ७५ दशमलव ५ र बित्तिय तर्फ ७३ दशमलव ३९ प्रतिसत प्रगति गरेको छ ।

ताराखोला गाउँपालिकाले भौतिक तर्फ ७०, बित्तिय तर्फ ६४ दशमलव ३, बडिगाडले भौतिक तर्फ ८५, बित्तिय तर्फ ८३ दशमलव ३५, निसीखोलाले भौतिक तर्फ ७८, बित्तिय तर्फ ७७ दशमलव ४४, तमानखोलाले भौतिक तर्फ ७८, बित्तिय तर्फ ७७ दशमलव ३५ र बरेङ गाउँपालिकाले भौतिक तर्फ ९० र बित्तिय तर्फ ७४ दशमलव ८३ प्रतिसत प्रगति गरेको समन्वयका सुचना अधिकारी दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
भदौ ५, ६ र ७ गते स्थानिय तह, संघ र प्रदेशका कार्यालय एवँ गैरसरकारी संस्थाहरुको उपस्थितीमा समिक्षा गोष्ठि गरिएको जानकारी दिदै समन्वय प्रमुख अमर थापाले गोष्ठिले सवैको अवस्था बुझ्न र जान्न सहयोग पुगेपनि जनताले अपेक्षा गरे अनुरुप काम हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->