पोखरा/पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्ष पदमा बलराम आचार्य निर्विरोध बनेका छन् ।
आसन्न ३५ औं महाधिवेशनका निम्ति उपाध्यक्ष पदमा मनोननय दर्ता गराएका रामेश्वर अधिकारीले मंगलबार आफ्नो मनोनय फिर्ता लिएपछि बलराम निर्विरोध बनेका हुन् ।
हाल संघको महासचिव रहेका आचार्य अर्जुन पोखरेल प्यानलबाट निर्वाचनमा होमिएका हुन् । अध्यक्षमा अर्जुनलाई हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले चुनौती दिएका छन् । आचार्य निर्विरोध अव संघको अध्यक्ष,उपमहासचिव, खुल्ला साधारण सदस्य र बस्तुगत सदस्य पदमा मात्र निर्वाचन हुने भएको छ । उपमहासचिवमा हालका कार्यसमिति सदस्य बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्ग मैदानमा छन् । १० जना खुल्ला सदस्यको लागि १४ जनाको उम्मेदवारी परेको छ भने ४ बस्तुगत सदस्यका निम्ति ७ जना मैदानमा छन् ।
एकल उम्मेदवारी परेसँगै संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध बनिसकेका छन् । यस्तै कर्पोरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल तथा औद्योगिक सदस्यमा एकनारायण गौतम निर्विरोध भइसकेका छन् ।





