बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छायाँछबी तीज म्युजिक अवार्ड कलाकार एलिना र राजेशलाई

छायाँछबी तीज म्युजिक अवार्ड कलाकार एलिना र राजेशलाई


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

काठमाडौं / छायाँछबी क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबी तीज म्युजिक अवार्ड २०८१ गायिका एलिना चौहान र गायक राजेश बर्देवाले जितेका छन् । तीजको अवसरमा मंगलवार काठमाडौंको बिजि बेङ्क्वेटमा आयोजित कार्यक्रममा ‘छायाँछबी तीज म्युजिक अवार्ड २०८१’ प्रदान गरिएको छ ।

मौलिक तीज गीतमा उत्कृस्ट गायिकामा एलिना चौहानले अवार्ड जित्न सफल भएकी हुन् । उनले यसवर्ष गाएको तीज गीत ‘मन परेको मान्छे’बाट यो वर्षको मौलिक तीज गीत गायिका अवार्ड जितेकी हुन् ।

त्यसैगरी, यस वर्षको उत्कृष्ट तीज गायक अवार्ड राजेश बर्देवाले जितेका छन्। समिक्षा अधिकारीसंग यसैवर्ष सार्वजनिक गरीएको तीज गीत ‘नाच छम्म छम्म’बाट उनले सो अवार्ड पाएका हुन् ।

चर्चित मोडल स्व.दिपाशा बिसीको स्मृतिमा यस वर्षदेखि छाँयाछवि दिपाशा स्मृति पुरस्कार पनि प्रदान गरिएको छ । ११ हजार रुपैयाँको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघका निवर्तमान अध्यक्ष अञ्जु निरौलालाई प्रदान गरिएको छ ।

त्यसैगरी, ११ औं छायाँछबी तीज म्युजिक अवार्ड २०८१ मा पाँच जना नारीलाई सम्मान गरिएको छ । जसमा गायिका सन्जु न्यौपाने, गायिका बबिना भट्टराई, मोडल सिम्रन दुलाल (कुसुम), पत्रकार बर्षा खनाल र बरिष्ठ सौन्दर्यविद् चुनु थापालाई छायाँछबी तीज नारी सम्मान प्रदान गरिएको छ ।

यो सम्मान आ–आफ्नो क्षेत्रमा विशिष्ठ योगदान दिए बापत सम्मान गरिएको आयोजक छायाँछबि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

नेपाली चलचित्र तथा गीत संगीतको प्रबद्र्धनमा विगत लामो समयदेखि सक्रिय रहेको छाँयाछबी क्रियशनले नेपाली कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका नयाँ तथा पुराना कलाकारहरुलाई सम्मान, प्रोत्साहन तथा हौशला प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->