मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कर्मचारी युनियनको स्थापना दिवशमा रक्तदान

कर्मचारी युनियनको स्थापना दिवशमा रक्तदान


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवश मनाइएको छ । स्थापना दिवशसँगै निजामती सेवा दिवशको अवसर पारेर बुधबार कर्मचारीहरुले रक्तदानसमेत गरेका छन् । १५ जना कर्मचारीले रक्तदान गरेर दिवशको शुभारम्भ गरेका छन् ।
निजामती सेवा दिवशका अन्य कार्यक्रम रहेपनि पहिलो दिन रक्तदान गरेर मनाइएको युनियनका अध्यक्ष देव शर्मा आचार्यले बताए । दिवशको शुभारम्भ कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले निजामतीहरुले ऐन, नियम र कानून बमोजिम काम गर्न सकेमा देशमा सुशासन कायम हुने बताए । उनले जनप्रतिनिधिको राजनीतिक स्प्रिड र कर्मचारीको दक्षतालाई मिलाएर काम गर्दा राष्ट्र निर्माण हुन सक्ने पनि बताए ।
कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता, केन्द्रिय प्रतिनिधि देवप्रकाश घिमिरेको संचालन र आधिकारिक ट्रेड युनियन बागलुङका उपाध्यक्ष दुर्गाप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->