मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

अर्जेवा, हरिचौर, ग्वालीचौर र बोवाङमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान

अर्जेवा, हरिचौर, ग्वालीचौर र बोवाङमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

बागलुङ/‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने उदघोषसहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको अर्जेवा, हरिचौर, ग्वालीचौर, बोवाङमा सम्पन्न भएको छ ।
जैमिनी नगरपालिका ६ अर्जेवामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, जैमिनी नगर सदस्य झलक पुन, शान्ति सुनार लगायतका नेताहरुले सुशासनदेखि जनजीविका सवालमा स्थानीय तहलाई खबरदारी गर्न कार्यकर्तालाई सचेत गराएका थिए । खुमबहादुर केसीको अध्यक्षता, तुलबहादुर पुनको सञ्चालन र विष्णु थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियोे ।
यस्तै, गलकोट नगरपालिका ५ हरिचौरमा अभियान सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, जिल्लाका अध्यक्ष तिलक थापा, सल्लाहकार टंक केसी, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य लालबहादुर राना, पदम श्रेष्ठ, विष्णु बस्नेत, कृष्णा पुन, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, जातीय समता समाज बागलुङका सदस्य रनबहादुर बिकले बोलेका थिए ।
जनमोर्चा वडा समितिका अध्यक्ष अमर खत्रीको अध्यक्षता, खडक बिकको संचालन र देवी खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
अनियानअन्तर्गत बडिगाड गाउँपालिका ५ ग्वालीचौर र ढोरपाटन नगरपालिका ७ बोबाङमा पनि कार्यक्रम सम्पन्न भएको छ । ग्वालीचौरमा अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, नेकपा मसाल बागलुङका प्रवक्ता मेकबहादुर पाईजा, जनमोर्चा बडिगाडका सचिव विमल श्रीस, बोबाङमा राजमो बागलुङका सचिव भिमलाल पोखरेल, कोषाध्यक्ष दिपक थापा, जिल्ला सदस्य तमबहादुर घर्ति लगायतका नेताहरुले कार्यकर्ता भेटघाट तथा राजनीतिक प्रशिक्षण समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->