तस्बिर : जगिन्द्र बिक ‘बसन्त’/ताराखोला
बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको बिनामारे र हिलको घुस्मेलीमा सम्पन्न भएको छ ।
जैमिनी ५ बिनामारेमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर दर्जी, सल्लाहकार तथा जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुन, जिल्ला सदस्य ठाकुर शर्मा, अखिल नेपाल किसान संघका उपाध्यक्ष होमबहादुर पुन, नगर सदस्य झलक पुन, गीता विक मन्तव्य व्यक्तm गरेका थिए ।
कार्यक्रम गोपाल पौडेलको अध्यक्षता, विष्णु पौडेलको सञ्चालन र विष्णु थापाको स्वागतमा सम्पन्न भएको थियोे ।
यसैगरी, ताराखोला ३ घुस्मेलीमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक केसी लगायतले बोलेका थिए । कार्यक्रम तिर्थसिंह थापाको अध्यक्षता, खडक विकको संचालन र भिम चोखालको स्वागतमा सम्पन्न भएको थियोे ।
अभियानकै क्रममा राजमोको टोलीले राष्ट्रिय तथा स्थानीय समस्याको बिषयमा स्थानीय तहको ध्यानाकर्षण गराउन ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’लाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझेपछि गाउँपालिका अध्यक्ष विकले कार्यान्वयन तथा सहजिकरणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।





