पोखरा/युनाइटेड क्लब पोखराको अध्यक्षमा लोकबहादुर थापा चुनिएका छन् । क्लबको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागी थापालाई सर्वसम्मत रुपमा अध्यक्ष चुनेको हो ।
क्लबको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्तबहादुर थापा, द्वितीय उपाध्यक्षमा सूर्यबहादुर बानियाँ, महासचिवमा दीनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णुकुमार गुरुङ, पूर्णकुमार श्रेष्ठ, शिव थापा, पदमबहादुर कार्की (विजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिमबहादुर क्षेत्री, गणेश खड्का र सुरेश थापा निर्वाचित भएका छन् ।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्वअध्यक्ष सुकबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण गराएका थिए ।





