बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीजले यस बर्ष आयोजना गरेको जेसीज सप्ताहको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
बिभिन्न कार्यक्रमका साथ भदौ २५ गतेदेखि ३१ गतेसम्म संचालन हुन थालेको जेसीज सप्ताह २०२४ को तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको होे ।
सप्ताहका मुल संयोजक एवम् जेसीजका कार्यकारीणी उपाध्यक्ष बलराम कँडेलले यस वर्ष केहि परिमार्जन कार्यक्रमसहित सप्ताह मनाउन लागिएको र यसका लागि करिव २ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको बताए ।
सप्ताहको पहिलो दिन भदौ २५ गते महासचिव ताराप्रसाद शर्माको संयोजकत्वमा उद्घाटन तथा युवा सम्मान कार्यक्रम, देस्रो दिन भदौ २६ गते कोषाध्यक्ष प्रेमप्रसाद ढकालको संयोजकत्वमा तालिम, तेस्रो दिन २७ गते दिर्घकालिन बिकास संयोजक मिलन खत्रीको संयोजकत्वमा मानव सेवा आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको मुल संयोजक कँडेलले जानकारी दिए ।
त्यसैगरी चौथो दिन भदौ २८ गते कानुनी सल्लाहकार अञ्जिला श्रेष्ठको संयोजकत्वमा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, पाँचौ दिन २९ गते निर्देशक स्विकृती भारीको संयोजकत्वमा स्थापना दिवससंगै बिगतसंग वर्तमान कार्यक्रम, छैटो दिन ३० गते सहसचिव सुलभ खड्काको संयोजकत्वमा फुटसल र अन्तिम दिन ३१ गते कार्यकारीणी उपाध्यक्ष बिन्द्रा कार्की सोनीको संयोजकत्वमा स्वर्गिय प्रगतिकुमार अन्तर कलेज वक्तृत्वकलाका साथै समापन समारोह हुने अध्यक्ष गणेश महतोले जानकारी दिए ।





