बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री पाण्डेको शुभकामना

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री पाण्डेको शुभकामना


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

हरितालिका तीज एक सनातन सांस्कृतिक पर्वको रुपमा नेपाली महिलाहरुले मनाउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यस पर्वमा महिलाहरुले भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै परिवारको सुख, स्वास्थ्य र दिर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पुरा हुने धार्मिक विश्वास रहिआएको जनाएका छन । तीजको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्नामा मद्धत पुग्ने गरी पर्व मनाउन सबैसँग अनुरोध पनि उनले गरेका छन ।

पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन । ‘समाजलाई भावनात्मक एकताको शुत्रमा बाध्ने, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने, सामाजिक, धार्मिक परम्परालाई दिगो बनाउने गरी तीज मनाउन प्रदेश सरकारको तर्फबाट अपिल गर्दछु’ उनले भनेका छन्, ‘विद्यमान विभेद र सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाजको निर्माणमा सबैलाई प्रेरित गर्न सकोस भन्ने शुभेच्छासहित शुभकामना व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->