मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

एकैवर्ष पर्यटनका ७६ कार्यक्रम, ६ करोडबढी लगानी

एकैवर्ष पर्यटनका ७६ कार्यक्रम, ६ करोडबढी लगानी

धार्मिक पदमार्ग, मठमन्दिर, पर्यटकीय क्षेत्रका पूर्वाधार निर्माण र ध्यान केन्द्र निर्माण


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

बागलुङ/पर्यटन तथा उद्योग कार्यालय बागलुङले आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै ७६ वटा पूर्वाधार विकासका कार्यक्रम सम्पन्न गरेको छ । साना साना योजना भएपनि पर्यटन प्रवद्र्दनका लागि ती काम भएका हुन् ।
५ लाख रुपैयाँदेखि २० लाख सम्मका साना योजना भएपछि भौतिक रुपमा धेरै प्रगती भएको र अधिकांस योजना सम्पन्न भएको कार्यालयका सूचना अधिकारी विष्णुनाथ शर्माले जानकारी दिए ।
धार्मिक पदमार्ग, मठमन्दिर, पर्यटकीय क्षेत्रका पूर्वाधार निर्माण र ध्यान केन्द्र निर्माण समेत छन् । स–साना पूर्वाधार अभावमा अलपत्र रहेका केही संरचनादेखि पदमार्ग बनेपछि चहलपहल बढाउन सकिने, पाहुना भित्राउन सकिने खालका योजनामा कार्यालयले लगानी गरेको हो । काठेखोला ७ को बौरदेखि गुम्बा जोड्ने पर्यटकीय पदमार्गमा १० लाख खर्च गर्दा सहज यातायात पुगेको हो । त्यस्तै भकुण्डेको एक्लेसालदेखि निफन्नी पदमार्ग निर्माण भएको हो । त्यस बाहेक निसीखोलाको नरसिंहकोट पर्यटकीय पूर्वाधार निर्माणमा १० लाख लगानी भएको थियो । उक्त लगानीले पर्यटकीय क्षेत्रको पहिचान बनाउन आवस्यक पूर्वाधार बनाइएको हो ।
गुरुयोजना बनेका कतिपय स्थानको पहिचान बढाउन तथा कुनै एक क्षेत्रको विकासमा कार्यालयको लगानी रहेको हो । कार्यालयले जिल्ला समन्वय समितिमा दिएको प्रतिवेदन अनुसार, गलकोट नगरपालिका ११ को रिघास्थित उदय रिघा बुद्व बिहार पार्क निर्माणमा ५ लाख लगानी भएको हो । ताराखोलाको गाइघाट झरनादेखि बराहताल पर्यटकीय मार्गमा १० लाख लगानी भएको हो । सोलेडाँडाको पर्यटकीय पूर्वाधार निर्माणमा पनि कार्यालयले १० लाख लगानी गरिएको छ ।
जैमिनी धाममा ध्यान केन्द्र निर्माणमा १० लाख लगानी गरेको कार्यालयले कुँडुलेधाम पर्यटन पूर्वाधारका लागि भने २० लाख लगानी गरेको हो । त्यस्तै बागलुङ नगरपालिकाले पर्यटकीय गन्तव्य बनाउने तयारी गरेको ब्लुहिलका लागि गन्तव्य स्थल निर्माण गर्न १० लाख लगनी गरेको हो । ताराखोलाको सहिद स्मृति पार्क निर्माणको लागि भने १५ लाख लगानी गरिएको छ । करोडौं लागत स्टिमेटको यो योजनामा भने पालिका र सरकारका अन्य निकायले पनि लगानी गरिरहेका छन् ।
पर्यटन प्रवद्र्धनका ती योजनाबाट पर्यटक आगमन वृद्दि हुने विश्वास लिइएको कार्यालय प्रमुख पारसिंह थापाले बताए । ती योजनामा कुल ६ करोड ६० लाख लगानी भएको थापाले बताए । कार्यालयमा एकजना करारका सव इन्जिनियर कर्मचारीको भरमा ती सबै योजनाको प्राविधिक काम भएको उनको भनाई छ । हाल यो कार्यालयमा कार्यालय प्रमुखसहित ४ जना स्थायी कर्मचारी छन् । करारका सव इन्जिनियर र सहायक कम्प्युटर अपरेटरको भरमा योजनाका सबै काम भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->