पोखरा/ दोलखाबाट पोखरा आएर पोखरालाई कर्मथलो बनाएर बस्ने दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको २३ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष नारायणकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणा सभामा ९० वर्षीया ज्येष्ठ नागरिक चन्द्रमाया खड्कालाइ दोसल्लासहित सम्मान गरिएको थियो।
संस्थाले दोलखा माइती वा घर हुने चेलीहरूलाई तीजको शुभकामना आदान प्रदान साथै चेलीबेटी भेटघाट कार्यक्रम पनि सोहि दिन राखेको थियो ्रकार्यक्रममा ताओ दर्शन पोखराका प्रमुख आनन्द दाहाल, सल्लाहाकारद्वय मानबहादुर थापा र पेमा डोमा शेर्पाले हरितालिकाको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संस्थाका अध्यक्ष धनबहादुर खड्का (भरत) को अध्यक्षतामा कार्यक्रम संपन्न भएको सँस्थाका सचिव कमल बस्नेतले जानकारी दिए ।





