मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

खुल्यो लोकमार्ग, खुलेन करिडोर

खुल्यो लोकमार्ग, खुलेन करिडोर


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०८१, शुक्रबार

बागलुङ/अविरल वर्षापछि पहिरो खसेर अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेत लगायतका स्थानमा खसेका पहिरो स्काभेटर लगाएर पन्छाएपछि सडक सुचारु भएको हो ।
लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यमा लागेको ट्राफिक प्रहरी प्रमुख सुमन न्युरेले बताए । जिल्लाको दक्षिण क्षेत्र जोड्ने कालीगण्डकी करिडोर भने सञ्चालनमा आएको छैन् । बागलुङ नगरपालिका १० र १३ का विभिन्न ठाउँमा खसेको पहिरोले करिडोर अबरुद्ध छ । स्काभेटरले पहिरो पन्छाउने प्रयास भएपनि सडक सुचारु भैनसकेको न्युरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->