बागलुङ / सरकारले बागलुङका कृष्ण सापकोटा सहित १० जना निजामती कर्मचारीहरुलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ । २१ औँ निजामती सेवा दिवसको अवसर पारेर सरकारले सो पुरस्कार प्रदान गर्न लागेको होे ।
सापकोटा हाल गृहमन्त्रालयमा उपसचिवमा कार्यरत छन् । पुरस्कारको राशी रु. १ लाख नगद र सम्मान पत्र रहेको छ । निजामती दिवसको अवसर पारेर सरकारले सापकोटा सहित १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दैछ ।
वि.सं. २०७० भदौ १९ मा शाखा अधिकृतवाट निजामती सेवामा प्रवेश गरेका सापकोटा २०७७ माघ १३ मा लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट उपसचिव बनेका हुन् । सापकोटाले शाखा अधिकृत हुदाँ मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा, विपद व्यवस्थापन शाखा, स्थानीय प्रशासन एवं सिमा तथा अध्यागमन, गुनासो व्यवस्थापन लगायतका विभिन्न शाखाहरुमा रहि गृह प्रशासनमा सुधारका काम गरेका थिए ।
उनी हुप्सेकोट गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा हुदाँ स्थानीय द्वन्द्व व्यवस्थापन, विकास निर्माण, शासन व्यवस्था र सेवा प्रवाहमा उल्लेखनीय काम गरेकोले पालिकाको सर्वदलीय संयन्त्र एवं नगरसभावाट समेत सम्मानित भएका थिए । पर्वत जिल्लाको फलेवास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा प्रशासनिक केन्द्र, प्रशासनिक भवन लगायत ठुला पूर्वाधार निर्माण तथा विकास व्यवस्थापनमा सहजिकरण गरेका थिए ।
उनले निजामती कर्मचारी अस्पतालमा लामो समयदेखि कर्मचारीको स्थायित्व र वृत्ति विकासमा उत्पन्न गतिरोध र सोको कारण आन्दोलन, धर्ना र असमझदारीको बार्ता र छलफल गरि लोकसेवा आयोग मार्फत परिक्षा संचालन गरी कर्मचारीको वृत्ति विकास र स्थायित्वको दिगो आधार खडा गरि निजामती कर्मचारीमैत्री अस्पताल, पूर्वाधार निर्माण र प्राज्ञिक प्रतिष्ठानमा रुपान्तरणका लागि पहलकदमी गरेका थिए ।
कार्यसम्पादनको सिलसिलामा सरुवा वढुवा, वैदेशिक मनोनयनमा दुर्गम र जिल्लामा वसेका कर्मचारीलाई प्राथमिकता दिने कार्य गरेकोले नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट उनी पुरस्कृत भएका हुन् ।
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाउन लागिएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।
दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरिदै आएको छ । निजामती सेवा नियमावली २०५० को नियम ११६ (क) बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गरिन्छ ।
यी हुन् यो बर्ष पुरस्कृत हुने उत्कृष्ट कर्मचारीहरुः







