बागलुङ/नेपाल विद्यतु प्राधिकरण बागलुङ वितरण केन्द्र बागलुङले बडिगाड गाउँपालिकाको दर्लिङका घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड गाउँपालिका १० दर्लिङको निगलपानीमा पुगेर विद्युत वितरण केन्द्रले डोर टु डोरको सेवा प्रदान गरेको हो ।
गत बुधबारदेखि अस्थायी कार्यालय संचालन गरेर १ सय ८२ वटा मिटर वितरण गरिएको कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिए । लघु जलविद्युत आयोजनाबाट विद्युत सेवा प्रयोग गरेको भएपनि बाढीले आयोजना नै बगाएपछि अन्धकारमा रहेको निगलपानीमा केन्द्रिय विद्युत विस्तार गरी सेवा दिइएको हो ।
बागलुङबाट केन्द्रिय लाइनका लागि कुनै बाटो नभएकाले गुल्मीको मुसिकोट, मालिका गाउँपालिकाहुँदै दर्लिङमा लाइन जोडिएको पौडेलको भनाई थियो । गाउँमै पुगेर मिटर बितरण गरिएको विद्युत वितरण केन्द्रले अति विपन्न ३ जनालाई निशुल्क मिटर प्रदान गरिएको पौडेलले जानकारी दिए ।
करिव ८ सय घरधुरीमध्ये ३ सय ५० घरधुरीमा सेवा पुगेको र बाँकीको हकमा पनि पोल मर्मत सम्भारको काम भएकाले दशै अगाडि नै सेवा पु¥याउने तयारी रहेको पौडेलले बताए । बडिगाड गाउँपालिका वडा नं. १० का अध्यक्ष विरेन्द्र बुढाले नेपाल विद्युत प्राधिकरणको सेवाले स्थानीयलाई सहज भएको भन्दै खुशी व्यक्त गरे ।






