मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पूर्व कर्मचारी सेवा परिषदको अध्यक्षमा रायमाझी

पूर्व कर्मचारी सेवा परिषदको अध्यक्षमा रायमाझी


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८१, शनिबार

बागलुङ/पूर्व कर्मचारी परिषद नेपाल बागलुङ शाखाको ७ औँ साधारणसभा तथा अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले महेन्द्रसिँह रायमाझीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
परिषदको उपाध्यक्षमा लीलादेवि खड्का, सचिवमा युक्तप्रसाद सुवेदी, कोषाध्यक्षमा इश्वर प्रसाद श्रेष्ठ, सदस्यहरुमा रामप्रसाद श्रेष्ठ, बद्रीप्रसाद पौडेल, शिव श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, नरिश्वर शर्मा, शिवबहादुर केसी र बावुराम केसी रहेका छन् । कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गरे । कार्यक्रममा प्रजिअ सुवेदी, पूर्व सैनिक संगठनका तिलकबहादुर थापा, पूर्व प्रहरी संगठनका टिकाबहादुर कार्की, सेवा निवृत्त कर्मचारीको तर्फबाट लिलादेवि खड्का, युक्तप्रसाद सुवेदी, उपाध्यक्ष काजी रोशनले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सचिव महेन्द्रसिँह रायमाझीले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा परिषदलाई प्रजिअ सुवेदीले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रम चिरञ्जीवी कुमार श्रेष्ठको अध्यक्षता, बुद्धीबहादुर केसीको स्वागत र बद्रीप्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->