बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सामुदायिक वगरमा स्वागत तथा विदाई

सामुदायिक वगरमा स्वागत तथा विदाई


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८१, आइतबार

पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर बाँके अपराध नियन्त्रण शाखाबाट सरुवा भई वडा प्रहरी कार्यालय वगरमा आएका प्रहरी निरिक्षक देवराज भट्टराईलाई एक कार्यक्रमका वीच आज स्वागत गरिएको थियो ।

त्यसैगरी वडा प्रहरी कार्यालय वगरबाट सरुवा भई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनहुँ जान लागेका प्रहरी निरीक्षक वोधराज रेग्मीलाई विदाई गरिएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक देवराज भट्टराईले अपराध अनुसन्धान र कानुन कार्यान्वयमा आफू कहिल्यै नचुक्ने बताए । ‘प्रहरीको काम समाजमा हुने अपराधिक घटनालाई हटाउँदै कानुन कार्यान्वयन गर्ने रहन्छ’ भट्टराईले भने, ‘यहाँको सामुदायिक प्रहरी सेवासंगको समन्वयमा काम गर्ने आफू लागि पर्ने छु ।’ नागरिक र प्रहरी वीचको सम्वन्धलाई सुमधुर बनाउनका लागि आफू सधै लागि पर्ने उनको भनाई थियो ।

प्रहरी निरीक्षक वोधराज रेग्मीले यहाँका नागरिक र समुदायको सहयोगको कारण नै वगर वसाई सफल भएको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सीता गुरुङले विकृतिरहित समाज निर्माणमा सहकार्य गरेर अगाडि बढ्ने बताइन । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडा सदस्य जुमकाजी गुरुङ, सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार जीवन अधिकारी, निवर्तमान अध्यक्ष रामभुषण पराजुली, कोषाध्यक्ष कृष्णबहादुर तामाङले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->