बागलुङ/बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई मानार्थ डाक्टरको उपाधी प्रदान गरिएको छ । भारतस्थित सोक्ररात सोसल रिसर्च युनिर्भसिटीले खड्कालाई सम्मानस्वरूप मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
सम्मानले समाजसेवामा थप सक्रिय हुन उर्जा थपेको कुमार खड्काले प्रतिक्रिया दिए । खड्कालाई भारतको दिल्लीस्थित युनिभर्सिटीले उपाधि प्रदान गरेको होे । खड्काले दुई कार्यकालसम्म बागलुङ कालिका भगवती मन्दिरको चौतर्फी विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।
यस्तै, बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा निवासी चन्द्र केसीलाई समेत युनिर्भसिटीले मानार्थ डाक्टरको उपाथि प्रदान गरेको छ । केसी बलेवा कालभैरव मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्षमा छन् ।






