बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जटाशंकर धार्मिक विकास समितिमा नयाँ नेतृत्व

जटाशंकर धार्मिक विकास समितिमा नयाँ नेतृत्व


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८१, सोमबार

पोखरा/पोखरा महानगरपालिका वडा नं २६ को सिलिङ्गेमा रहेको जटाशंकर धार्मिक विकास समितिको आठौं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले रामप्रशाद सिग्देलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
वर्तमान अध्यक्षसमेत रहेका सिग्देलको नेतृत्वमा गठन भएको समितिको वरिष्ठ उपाध्यक्षमा वडा नं २६ का वडासदस्य समेत रहेका तिर्थ वहादुर राजभाट, उपाध्यक्षमा विकास रानाभाट, सचिवमा बिशाल राजभाट, कोषाध्यक्षमा एकेन्द्र राजभाट र सह सचिवमा ईश्वरी थापा रहेकी छन् ।
यसैगरि समितिको सदस्यहरुमा रुपलाल बञ्जरा,रेवती अधिकारी, सोमनाथ उपाध्याय अधिकारी, कृष्णहरी ढुगाना, सुमन राजभाट, रमा ढुगाना, श्यामा सिग्देल र कमल थापा रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले कास्कीमा धार्मिक पर्यटनको प्रसस्त सम्भावना रहेकाले पुम्दी कोटमा महादेवको मूर्ति राखेजस्तै सिलिङ्गे डाडामा ५४ फिटको शिवलिङ्ग (जोतिर्लिङ्ग¬) राख्ने गुरुयोजना तयार भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->