मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा संविधान दिवश मनाउने तयारी

बागलुङमा संविधान दिवश मनाउने तयारी

तत्थांक संकलन गरेर जनआन्दोलनमा घाइते, मृतक वा अन्य पीडित भएमा सम्मान गर्ने लगायतका कार्यक्रम जोड्न सकिने गरी तयारी


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८१, सोमबार

बागलुङ/आगामी असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवश मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा आइतवार बसेको सरोकारवालाको बैठकले दिवसमा दर्जनबढी कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
क्रियाशिल राजनीतिक दल, संघसंस्था, बार, पत्रकार र सरकारी कार्यालयको सहभागितामा ती क्रियाकलापल संचालन हुनेछन् । बैठकले तीन दिनसम्म सबै कार्यालय, बजारका घरघर र सार्वजनिक स्थलमा समेत राष्ट्रिय झण्डा फहर्याउने, दिपावली गर्ने लगयतको निर्णय गरेको हो ।
संविधान दिवशबारे विद्यालय स्तरीय वक्तृत्वकला गर्ने, संविधानको अन्तरवस्तु र संशोधनको आवस्यकताबारे बहस तथा अन्तरक्रिया चलाउने, कारागारका कैदीबन्दीलाई खेल सामाग्री दिने, मानवसेवा आश्रममा खाद्यान्न सहयोग गर्ने निर्णय भएको हो । त्यसबाहेक मुल समारोहमा राजनीतिक दल, संघसंस्था, गैरसरकारी संस्था, विद्यार्थी, प्राध्यापक र शिक्षक लगायतको सहभागिता जनाउने निर्णय भएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माले बताए ।
बैठकमा सबैले आफ्ना सुझाव दिएका थिए । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको तयारी समितिले गरेको निर्णयबमोजिम गृहमन्त्रालयले गरेको परिपत्रको आधारमा तोकिएका शिर्षकमा कार्यक्रम गर्न पनि सबै सहमत भएका छन् । सबै पालिका तहमा पनि संविधान दिवश मनाइने छ । तत्थांक संकलन गरेर जनआन्दोलनमा घाइते, मृतक वा अन्य पीडित भएमा सम्मान गर्ने लगायतका कार्यक्रम पनि जोड्न सकिने गरी तयारी गरिएको सहभागिले बताए ।
कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा, एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी, माओवादी नेता यज्ञबल्लब शर्मा, राजमोका नगर अध्यक्ष थानेश्वर सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रामप्रसाद अधिकारी, राप्रपाका अध्यक्ष विष्णुप्रसाद सापकोटा र नेकपा एसका अध्यक्ष पिंगलराज गौतमसहित प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, कार्यालय प्रमुख र सुरक्षा अंगका प्रतिनिधि सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->