काठमाडौं / मुग्लिङ-काठमाडौं सडकखण्डअन्तर्गत नागढुंगा-सिस्ने खोला सुरुङ्गमार्ग नजिकै पहिरो जाँदा एउटा गाडी आधा पुरिएको छ ।
काठमाडौं आइरहेको एउटा यात्रु गाडीलाई धादिङको नौबिसेस्थित सडकको माथिबाट खसेको पहिरोले पुरेको हो । सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा अहिले सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
पहिरोमा एउटा स्करपियो गाडीपरे पनि मानवीय क्षति नभएको धादिङ प्रहरीले जनाएको छ । अहिले बाटो खुलाउने काम भइरहेको छ । यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो ।





