बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सेतीमदी सहकारीकाे सदस्य शिक्षा एवं तीज विशेष कार्यक्रम, सहकारीका सदस्यलाई ए एण्ड बि हस्पिटलले ३० प्रतिशतसम्म छुट दिने

सेतीमदी सहकारीकाे सदस्य शिक्षा एवं तीज विशेष कार्यक्रम, सहकारीका सदस्यलाई ए एण्ड बि हस्पिटलले ३० प्रतिशतसम्म छुट दिने


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८१, सोमबार

पोखरा/ पोखरा महानगरपालिका– २ मिरुवास्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्थाले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका काम, कारवाही, सहकारीका सदस्यले पालन गर्नुपर्ने नियमहरु, बचतसँगै क्रण लिदाँ अपनाउनु पर्ने विषयका बारेमा कार्यक्रममा जानकारी दिईएको थियो । सहकारीमा आवद्ध भएका तर सहकारीले गर्ने काम कारवाहीका विषयमा अस्पष्ट भएका विषयहरुसँगै आर्थिक र वित्तिय अनुशासनका बारेमा सदस्यहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेकी सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । कार्यक्रममा सहकारी सम्बन्धी तीज गित प्रस्तुती र सहकारीमा आवद्ध सदस्यहरुलाई दर समेत खुवाईएको थियो ।

यसैबिच कार्यक्रममा मिरुवास्थित ए एण्ड बि इन्टरनेश्नल हस्पिटलले सहकारीका सदस्यलाई आफ्नो सेवामा छुट दिने सम्बन्धमा सम्झौता समेत भएको छ । सम्झौता पत्रमा सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारी र हस्पिटलका प्रतिनिधि डा. लतालक्ष्मी पराजुलीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यहरुले १० देखी ३० प्रतिशतसम्म छुट पाउने भएका सहकारीका सचिव शिवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सहकारीले प्रत्येक वर्ष आफनो स्थापना दिवसका दिन खुल्ला रक्तदान कार्यक्रम सगै अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारि विभिन्न सामाजिक कामहरु गदै आएको छ ।

सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहकारीका संस्थापक एंव निवर्तमान अध्यक्ष विश्वबहादुर गुरुङ, उपाध्यक्ष गंगाबहादुर गुरुङ, सचिव शिवराज अधिकारी, कायक्रम संयोजक कविता गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिकलगायत अन्य कामका बारेमा भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->