बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार घोषणा, प्रधानमन्त्रीले दिए शुभकामना

प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार घोषणा, प्रधानमन्त्रीले दिए शुभकामना


  • तुफान गौतम
  • भाद्र २५ २०८१, मंगलबार
तस्वीरः तुफान गौतम

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं निर्वाचनका लागि प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार समूहलाई शुभकामना दिएका छन् ।

इ.प्रा. डा. विष्णुप्रसाद पाण्डे समूहको मंगलवार काठमाडौंमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे । ‘यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईँहरूले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला,’ ओलिले भने
सो अवसरमा भदौ २८ गते हुने निर्वाचनका लागि प्रगतिशील इन्जिनियर्स एसोसिएसनका उम्मेदवारहरु घोषणा गरियो । सो समुहबाट अध्यक्षमा इ.प्रा. डा. विष्णुप्रसाद पाण्डे, उपाध्यक्षमा इ. सुमन योगेश, महासचिवमा इ.डा. लक्ष्मण प्रसाद घिमिरे, उपमहासचिवमा इ. कृष्ण बहादुर पाण्डे, कोषाध्यक्षमा इ. विन्दु पौडेल र सहकोषाध्यक्षमा इ. राजेन्द्र गौतम रहेका छन् ।
त्यस्तै सदस्य पदका उम्मेदवारहरुमा इ. धर्म महर्जन, इ.निरन काफ्ले, इ. हर्ज उमिन तुम्रोक लिम्बु, इ. सुर्य प्रसाद कडरिया, इ. पवन रावल, इ. रमेश पौड्याल, इ. राधा ढकाल, इ. मनिष सुवेदी, आ.एलिशा गौतम, इ.नारायण प्रसाद रेग्मी, इ. स्वाभिमान आचार्य र इ. नितेश कुमार यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->