बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सामुदायिक सेवा केन्द्र लेखनाथका पदाधिकारीको पदस्थापन

सामुदायिक सेवा केन्द्र लेखनाथका पदाधिकारीको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८१, मंगलबार

पोखरा/लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार पदस्थपान गराइएको छ ।
दुई वर्षीय कार्यकालका लागि सहमतीका आधारमा गत शनिबार उपाध्यक्ष रहेकी गंगा कुमारी खनाललाई अध्यक्षमा चयन गरिएको थियो ।
लेखनाथ सामुदायिक सेवा केन्द्रको इतिहासमा पहिलो पटक महिला अध्यक्ष पदमा पुग्न सफल खनाल विगत ११ वर्ष देखि साधारण सदस्य हँुदै विभिन्न किसिमका जिम्मेवारीहरु समाल्दै अध्यक्षको जिम्मेवारी समाल्न सफल भएकी हुन् ।खनालसहितको टिमलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दुर्गा सिंहले पदस्थापन गराएकी थिइन् ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमाकृष्ण सुवेदी,सचिवमा बिनोद बहादुर थापा,सह सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा कृष्ण प्रसाद ओझालाई चयन गरेको हो । यसैगरि समितिको सदस्यहरुमा नवराज पौडेल, सुमित्रा वञ्जरा, सन्तोष सुर्खेली, रामकृष्ण खनाल, गोविन्द वाग्ले, अर्जुन मल्ल र सुवास कँडेल रहेका छन् ।
पदस्थापन समारोहमा वोल्दै डिआइजी सिंहले निस्वार्थ सेवा भावले गरिने काम नै समाजसेवा भएकाले समाजका जो कोही अगुवाहरु पनि सेवा केन्द्रमा रहेर बर्दी बिनाको पुलिस भएर देश,राष्ट्र र समाजका लागि काम गर्न सक्ने सुझाव राखेकी थिइन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापा,सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समिति समितिका अध्यक्ष भीम पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र समितिका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद अधिकारीलगायतले सवैको साथ र सहयोगले हामीले परिकल्पना गरेको समाज निर्माण गर्ने सकिने विचार राखेका थिए । समितिका उपाध्यक्ष कृष्ण सु्वेदीले स्वागत राखेको कार्यक्रमको संचालन सह–सचिव कुष्ण रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->