बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेप्सेको ओरालो गति : आज २२.७३ अंकले घट्यो

नेप्सेको ओरालो गति : आज २२.७३ अंकले घट्यो


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

काठमाडौं/ पछिल्ला केही दिनदेखि सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागिरहेको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो गतिमा छ । आज (बुधबार) परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।

बुधबार २२.७३ अंकले परिसूचक घटेको छ । परिसूचक मात्रै होइन, यो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । ३००० बिन्दुमा पुगेको दिन २९ अर्ब ३० करोड ५२ लाखको कारोबार भएको थियो । त्यसपछिका दिनमा लगातार घट्दै बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको छ ।

विश्लेषकहरू यो ट्रेन्डलाई सेयर बजारको स्वाभाविक प्रक्रिया मान्छन् । सेयर विश्लेषक भरत अर्याल यसलाई लगानीकर्ताहरू पर्ख र हेरेको स्थितिमा रहेको हुन सक्ने बताउँछन् ।

‘बजारको सबै प्रक्रिया बुझेर लगानी गर्नेहरू त्यति छैनन् । तर अहिले कम्पनीहरूले लाभांश घोषणा गरिरहेको हुँदा त्यही अनुसार लगानीकर्ताले रणनीति बनाएको हुन जस्तो लाग्छ,’ उनी भन्छन् । करेक्सनको अवस्थामा रहेको सेयर बजारले केही दिनमा पुनः लय समात्ने उनको बुझाइ छ ।
बजार बढ्छ भन्ने आशाका बीच सूचक निरन्तर ओरालो लाग्न थालेपछि पर्ख र हेरको रणनीतिमा रहेका लगानीकर्ता पनि त्रसित बन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->