बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाढीपहिरो पीडितलाई राहतको माग

बाढीपहिरो पीडितलाई राहतको माग


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

पोखरा/  लामो समयदेखि स्थगीत भएर बुधवार सुरु भएको गण्डकी प्रदेश सभा बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका छन । विशेष गरी वर्षायाममा भएको बाढीपहिरोले पुराएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै उनीहरुले पीडितलाई राहतको माग गरे ।

कांग्रेस सांसद द्रोर्ण कुँवरले बागलुङको बडीगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साउन २१ र २२ गते आएको बाढी पहिरोले १२ जनाको जीवन गुमेको र १० जना घाइते भएको बताए । साथै उक्त स्थानमा सडक, खानेपानी, विद्युतलगायत अत्यावस्यक पूर्वाधार क्षतविक्षत गराएको भन्दै उनले राहत र उद्धार पर्याप्त नभएकोले सरकारको ध्यानाकर्षण गराए । साथै यही भदौ २० गते निसिखोला–४ मा आएको बाढीले निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका लघु जलविद्युत आयोजना बगेर सर्वसाधारण अध्याँरोमा बस्नु परेकाले तत्काल योजना मर्मतको माग गरे ।

माओवादी केन्द्रकी कुसुम बुढा पुनले बडीगाडका ती वडामा ९२ घर पूर्ण क्षति भएको, ६ सय सय बढी घरमा विद्युत अवरुद्ध भए पनि सरकार निदाएर बसेको बताइन । ‘यस्तो विषम परिस्थितमिा मानवीय संवेदना छैन । कुनै सहयोग छैन’ उनले भनिन्, ‘सरकार आफ्नै सेवासुविधा र मन्त्रालय बढाउन लागिरहेको छ ।’ कांग्रेसका जीतबहादुर सेरचनले पहिलो चरणको राहत सकिए पनि अव दोस्रो चरणमा सडक, विद्युत, खानेपानीलगायत पूर्वाधार बनाएर छिटो भन्दा छिटो पीडितलाई पुनसर््थापनाका लागि सरकारसंग आग्रह गरे ।

माओवादी केन्द्रका रमेश जुग्जालीले बाढीपहिरो र विपत्तीका बेला संसदको आवस्यकता पर्ने भए पनि प्रदेश सभा स्थगीत हुनु दुर्भाग्य रहेको टिप्पणी गरे । कांग्रेसका भोजराज अर्यालले बाढीपहिरोले बिस्थापित हुनुपरेको भन्दै पीडितलाई विभिन्न राहत दिनुपर्ने माग गरे । माओवादीकी दमयन्ती रुचालले ९ सदस्यीय मन्त्रीमण्डलमा एकजना पनि दलित नपर्दा यो व्यवस्था संघीय, समानुपतकि, समावेशी गणतन्त्र नभई एकात्मक राजतन्त्रको अनुभूति भएको बताइन । उनले दलित र महिला सम्बन्धि विधेयक ल्याउन ढिला भएको गुनासो गरिन ।

एमालेका भक्तबहादुर कुँवरले बाढी पहिरोले पुराएको जनधनको क्षतिप्रति दुख व्यक्त गरे भने एमालेकै भीमबहादुर कार्कीले बाढीपहिरोले जनधनको क्षति एवं भौैतिक संरचना बिग्रिएकाले पुनर्निर्माणको माग गरे । कार्कीले २०८० पुस २६ मा राजपत्रमा प्रकाशित बजेट तथा योजना कार्यान्वयन सम्बन्धि अनुगमन तथा मुल्याकंन निर्देशिका २०८० को सरकारी कार्यालयले कार्यान्वयन नगरेको भन्दै कार्यान्वयनका लागि निर्देशन दिन सरकारको ध्यानाकर्षण गराए ।

एमालेकै लिलबहादुर थापामगरले दशै, तिहारजस्ता चाडमा खाद्य गुणस्तर र मुल्यको अनुगमन गर्नुपर्ने, ग्रामीण सडक मर्मत गर्नुपर्ने बताए । साथै निजी अस्पतालले १० प्रतिशत बेड निशुल्क गर्नुपर्नेमा नभएकोले सरकारको ध्यानाकर्षण गराए । माओवादी केन्द्रका हरिबहादुर भण्डारीले बाढीपहिरोले जनधनको क्षति भए पनि सरकारका मन्त्री उद्घाटनमा व्यस्त रहेको बताए । डेंगुको अवस्था भयावह भएको भन्दै उनले सरकार खोजेर जनताको काममा पठाइदिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->