बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

पोखरा/ राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन । पोखरा यातायात प्रा.लि पोखराले वर्षेनी प्रदान गर्दै आएको पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उनलाई सम्मान गरिएको हो ।

सडक यातायातसँग सम्वन्धित सूचना एवम् सचेतनामूलक समाचार पत्रकारिताको माध्यमबाट आम उपभोक्ता, व्यवसायी, मजदुर लगायतका सरोकारवालासम्म सम्प्रेषण गरेको भन्दै सापकोटालाई नगद सहित सम्मान पत्रलेले सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि २५ हजार र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी संयोजक रहेको पत्रकार पुरस्कार छनौट उपसमितिले सापकोटालाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।

सापकोटालाई कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र पोखरा यातायात प्रा.लिका अध्यक्ष देउप्रसाद गुरुङले सम्मान गरेका थिए । विगत दुई दशक देखि पत्रकारितामा सक्रिय पत्रकार सापोकाटा आदर्श समाज, राष्ट्रिय समाचार समिति, समाधान हुदै हाल राष्ट्र न्यूज डटकम र रेडियो हेमजामा आवद्धछन ।

यसैगरी छैटौ साधारण सभाको अवसरमा असल चालकतर्फ ग १ ख ३८८७ का सूर्य रानाभाट, असल सहचालक तर्फ ग १ ख ६९७१ का कमल गुरुङ, पुरानो व्यवसायी ग १ ख ५२५३ र ग १ ख ३९८९ का सवारी धनी भेषबहादुर कुँवर, कर्मचारी तर्फ ध्रुव पुलामी मगर सम्मानित भएका छन । त्यस्तै दश जोड दुई बाट उत्कृष्ट हुने शेयर सदस्य तर्फ ग १ ख ६९५१ की मायाँ विककि छोरी सोनिया विक र कर्मचारी तर्फ लेखा प्रमुख निर्देशक कुमार चुल्याजुका छोरा अभिनव कुमार चुल्याजुलाई सम्मान गरिएको थियो ।

यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजि क्षेत्रले गरेको लागानिलाई नेपाल सरकारले नजर अन्दाज गर्न नुहने बताए । वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीलाई विना योजना प्रालिमा जान वाध्य बनाएको जनाए । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, पोखरा यातायात प्रा.लिका सल्लाहाकर वसन्तकुमार प्रधान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश सचिव तथा पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद ढु·ाना, नेपाल यातायात मजदुर संघ गण्डकीका अध्यक्ष विष्णु खत्री, पोखरा यातायात प्रा.लिका प्रवन्ध निर्देशक देविप्रसाद कुइकेल, कम्पनी सचिव जिवन प्रसाद पौडेलले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->