बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पौडी खेल्ने क्रममा भारतिय नागरिकको मृत्यु

पौडी खेल्ने क्रममा भारतिय नागरिकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

पोखरा/  पोखरा–१७ पावरहाउसस्थित पावरहाउस रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मृतकमा भारतको उत्तर प्रदेश लखनउ घर भई पोखरा घुम्न आएका २३ वर्षीय देवान सिंहको मृत्यु भएको हो ।

मंगलबार दिउँसो उनी स्विमिङ पुलमा डुवेका र उनको साथीले देखी तत्काल पानीबाट बाहिर निकाली उपचारको लागी गण्डकी मेडीकल कलेज पुराएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको मणिपाल अस्पतालमा पोस्टमार्टम गरी मृतकको बाबु रुकमेन्द्र प्रताब सिंहले शब बुझि लगेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->