मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

डिजिटर पत्रकारिता : सूचनाको पहुँचमा वृद्दिसँगै चुनौती

डिजिटर पत्रकारिता : सूचनाको पहुँचमा वृद्दिसँगै चुनौती


  • ढोरपाटन संवाददाता
  • भाद्र २६ २०८१, बुधबार

बागलुङ/पत्रकारितामा डिजिटल माध्यम भित्रिएपछि आम नागरिकमा सूचनाको पहुच बढेको तर चुनौती थपिएको सरोकारवालाले बताएका छन् । बिशेषगरी गलत सूचनाले आम नागरिकमा भ्रम छर्ने काम बढेको भन्दै त्यसको नियमन समेत गर्नुपर्ने उनीहरुको जोड छ ।
बागलुङ पोष्ट अनलाइनको ५ औं वार्षिकोत्सवको अबसरमा आयोजित ‘नेपाली पत्रकारितामा डिजिटल मिडिया’ बिषयक अन्तरक्रियामा सहभागि पत्रकारहरुले पत्रकारितामा गुणस्तरीयता र विविधिकरण दिएर अनलाइनको साख बचाउनुपर्ने बताए । उनीहरुले पत्रकारितामा विश्वसनियता र उत्तरदायित्वबारे सचेत बन्नुपर्ने पनि बताए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले डिजिटल पत्रकारिताले सूचनामा संसारभरका जनताको पहुँच बढाएको बताए । तर त्यसको नाउँमा आएका केही बिकृतिले निको नहुने घाउ समेत बनाएको बताए । ‘अनलाइन मार्फत आउने फेक समाचारले सार्वजनिक क्षेत्रमा क्रियाशिलहरुको जीवनमा ठूलो ठेस लागेको छ’ उनले भने, ‘जतिबेला होइन भन्ने पुष्टी हुन्छ त्यतिबेला उसको सार्वजनिक जीवन समाप्त भैसकेको हुन्छ’ उनले राम्रा कामको प्रचार र गलत कामको खवरदारी गर्ने काम पत्रकारिताले गर्नुपर्ने भन्दै स्वस्थ आलोचना गर्नपनि सुझाए । आलोचनाको नाउँमा हुने चरित्रहत्या जस्ता घटनाले भने समाजलाई नकारात्मक दिशामा लैजाने पनि बताउ । उनले प्रहरी, प्रशासन र राज्यका अन्य निकाय भन्दा पहिला नागरिकले पत्रकारलाई विश्वास गरेको भन्दै त्यो साख जोगाउन पनि खोजपत्रकारिताको आवस्यकता औल्याए ।
कार्यक्रममा बानपा ११का अध्यक्ष ज्ञानेन्द्र गौतमले पत्रकारितामा गुणस्तरीयताको आवस्यकत औल्याए । नेपाल पत्रकार महासंघ, बागलुङका सचिव बिजय रानाले पत्रकारिता खोज र अन्वेषणमा आधारित हुनुपर्ने बताए ।
महासंघका पूर्व अध्यक्षहरु रामबहादुर जिसीले सक्रियता र पत्रकारितामा लगाव बढाउन आग्रह गरे । उनले पत्रकारिताले समाज बिकासका बाटा पनि औल्याउन सक्नुपर्ने बताउ । अर्का पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले समाचारलाई सन्तुलनमा राख्न सकेमा आम नागरिकको विश्वास बढ्ने भन्दै राजनीतिक आस्था, कसैको नजिक भएको नाताले समाचार बन्यो भने त्यो क्षणिक हुने समेत बताए ।
नेपाल प्रेस युनियनका सचिव डम्बर बुढा, प्रेस चौतारीका अध्यक्ष सिर्जना पन्त, प्रेस सेन्टरका सचिव अनिष खाती, प्रगतीशिल पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्मा लगायतले पत्रकारिता दैनिकीमा मात्र रहेर नभइ त्यसले दिने कन्टेन्टमा आम नागरिकको चासो बढ्ने समेत बताए । डिजिटल जमाना भएकोले अनलाई प्रसस्त भएपनि सामाजिक संजालझै कजे पायो त्यही लेख्नकालागि दुरुपयोग भएमा पत्रकारिता प्रतिको विश्वास घट्ने उनीहरुले औल्याएका थिए ।
कार्यक्रममा ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा, पत्रकार खिमबहादुर कार्की, प्रकाश बराल, यामबहादुर थापा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा अनलाइनका कार्यकारी सम्पादक संगम घर्तीमगरले डिजिटल मिडिया बारे अववधारणा प्रस्तुत गरेका थिए । उनले विश्व र नेपालमा अनलाइन पत्रकारिताको थालनी, जटिलता, संभावना र चुनौती बारे प्रस्तुती गरेका थिए ।
२०७६ सालमा स्थपित अनलाइनले बागलुङलाई केन्द्रमा राखेर समाचार प्रेसित गरिरहेको छ । अनलाइनका प्रधान सम्पादक मनबहादुर थापा (मनिष)को अध्यक्षता, कार्यकारी सम्पादक संगम घर्तीमगरको संचालन र प्रबन्ध निर्देशक नवराज परियारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->