बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना सम्मानित

प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना सम्मानित


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८१, बिहिबार

पोखरा/बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
१११ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले उनीहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेका हुन् । बिपी
सम्मानित हुनेमा दुुर्गादत्त पौडेल (नवलपुुर) तीलबहादुुर गुुरुङ (गोरखा) सानुुमाया गुुरुङ (लमजुुङ), बुुिद्धकुुमार बतास (तनहुँ) राज घले (मनाङ), भोजराज भण्डारी (कास्की), वेदप्रकाश पनेरु(स्याङ्जा), रुद्रलाल उपाध्याय (पर्वत), गोविन्द कंडेल (बाग्लुुङ), भैरवबहादुर हुमेल (म्याग्दी), कृष्णप्रसाद बरुवाल (मुस्ताङ) रहेका छन् ।
कार्यक्रममा नेपाली काग्रेसका पूर्वमहामन्त्री कोइरालाले बीपीको चिन्तलाई आत्मसात गर्न सकेमा काँग्रेस कहिल्यै पनि कमजोर नबन्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले नै पाउनुुपर्छ भन्ने विचारका साथ स्थापित नेपाली कांग्रेसले बीपीको आदर्शलाई भुल्न नहुनेमा जोड दिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपीले तत्कालीन समयमा अघि सारेका राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण कांग्रेस कमजोर बनेको जिकिर गरे ।
कार्यक्रमका सभापति एवम् बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोला (मधुले) पुस्तकालयका तर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तबरले योगदान गरेका व्यक्तिहरूलाई वर्षेनी सम्मान गरिदै आइएको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेले बीपी कोइरालाः प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेसको आर्थिक कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबुश्रेष्ठ एवम् सम्मानित व्यक्तिहरूले बीपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएको योगदानको चर्चा गरेका थिए ।
पुस्तकालयका सचिव सूर्य क्षेत्रीको सञ्चालन रहेको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले पुस्तकालयका सम्बन्धमा प्रकाश पार्दै धन्यवादसहित कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->