मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पढ्दै कमाउने वातावरणका लागि शेयर बजार सम्वन्धी तालिम

पढ्दै कमाउने वातावरणका लागि शेयर बजार सम्वन्धी तालिम


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८१, बिहिबार

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको दोस्रो दिन शेयर बजार सम्बन्धी तालिम सम्पन्न भएको छ ।
विभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित साताव्यापी रुपमा संचालन हुने गरि शुरु भएको जेसीज सप्ताहको दोस्रो दिन विशेष गरि पछिल्लो समय युवामा केन्द्रित हुँदै गएको शेयर बजार सम्बन्धी तालिम गरिएको हो ।
शेयर बजार के हो, यसको फाइदा, पछिल्लो समयको अवस्था लगाएतका विषयमा युवा बिद्यार्थीहरुलाई जानकारी गराउँदै पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना गर्नका लागि शेयर बजार तालिमको आयोजना गरिएको सप्ताहका मुल संयोजक बलराम कँडेलले जानकारी दिए ।
तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सुवासचन्द्र भट्टराइले गरेका थिए । कार्यक्रममा एन प्याव्सनका नगर अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, मुल संयोजक एवँ कार्यकारिणी उपाध्यक्ष बलराम कँडेलको स्वागत र कोषाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमप्रसाद ढकालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->