बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई २७ बुदे ज्ञापनपत्र पठाएको छ ।
जनमोर्चाले भदौ महिनामा संचालन गरेको विशेष संगठनात्मक अभियानका क्रममा जनताका गुनासा र समधान गर्न सकिने विषयलाई लिएर बागलुङका प्रजिअ नेत्रप्रसाद सुवेदीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र पठाएको हो ।
राष्ट्र र राष्ट्रियता, जनजिवीकाको सवाल र पूर्वाधार एवम् विकास निर्माणका गतिविधीलाई समेटेर २७ बुँदे ज्ञापन पत्र पठाइएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तिलक थापाले जानकारी दिए । जनमोर्चाले संघियता खारेजीको माग दोहो¥याएको छ । गणतन्त्र माथी हुन सक्ने प्रहारलाई रोक्न सचेत हुन पनि जनमोर्चाले आग्रह गरेको छ ।
त्यस बाहेक राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लािग नेपाल–भारत बीचका असमान सन्धी खारेजीको पनि माग गरेको हो । नेपालको सीमा मिचिएकोमा राज्यले ध्यान नदिएको, एमसीसीलगायत राष्ट्रहित बिपरितका सम्झौताहरु खारेजी गर्नुपर्ने, लुटिएको जमिन फिर्ता गर्नुपर्ने लगायतको माग पनि गरिएको छ । ज्ञापन पत्रका बजारमा सिर्जना गरिने कृत्रिम अभाव, मुल्यबृद्धि, कालोबजारी, सवारी साधनको चर्को भाडालाई रोक्नु पर्ने र यातायात क्षेत्रमा बढ्दो दुर्घटना न्युनिकरणका लागि सडकको बिस्तारमा जोड दिईएको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ घोडावाँधे खण्डको काम तत्काल सुचारु गर्नुपर्ने, कालिगण्डकी करिडोर सालझण्डी ढोरपाटन सडकको निर्माण कार्यलाई तिव्रता दिनुपर्ने, उत्तरगंगा जालशययुक्त जलबिद्युत बागलुङकै भुगोलमा पर्ने गरि कामको शुरुवात गर्नु पर्नेमा जोड दिएको जिल्ला सचिव भिमलाल पोखरेलले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ सुवेदीले राष्ट्र र राष्ट्रियता सवाल, जनजीविकाको विषय र विकास निर्माणसंग सम्बन्धित विषय समेटिएको ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता जनाउँदै यहाँबाट हुन सक्ने समस्या समधानमा सहकार्य गर्दै अघि बढ्ने बताए ।





