बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्यमा समस्या धेरै भए, नीतिगत सुधार गर्नुपर्छ: स्वास्थ्य मन्त्री पाठक

स्वास्थ्यमा समस्या धेरै भए, नीतिगत सुधार गर्नुपर्छ: स्वास्थ्य मन्त्री पाठक


  • विजय नेपाली
  • भाद्र २७ २०८१, बिहिबार
स्वास्थ्यमन्त्री कृष्ण पाठक। तस्वीरः ढोरपाटन

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा समस्या व्यापक रहेकोले त्यसको सुधार गरिने बताएका छन् । नवनियुक्त मन्त्री पाठकले अहिले आफु स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा बुझिरहँदा यस क्षेत्रमा व्यापक समस्या देखिएकाले निराकरणका लागि नीतिगत सुधार गर्न अत्यावश्यक भएको बताए ।
बिहिबार पत्रकारसँगको भेटघाटको क्रममा बोल्दै उनले आफु मन्त्री भएको एकहत्पा भइसक्दा पनि मन्त्रालयमा सचिव उपस्थित भइनसकेका कारण पूर्ण जानकारी लिने काम समेत नसकेको बताउँदै मन्त्री पाठकले स्वास्थ्य सुधारको क्षेत्रमा सक्दो परिवर्तन गरेर अगाडि बढ्ने बताए । आफु स्वास्थ्य क्षेत्रको विज्ञ नरहेपनि यस क्षेत्रका समबन्धमा जानकार भएको र पार्टीले जिम्मेवारी दिएर पठाएकाले यस क्षेत्रको सुधारमा काम गर्न आवश्यक सुझाव र सल्लाह दिन समेत आग्रह गरे ।
‘म यस क्षेत्रमा विज्ञ व्यक्ति होइन । अध्ययनको क्रममा छु, सुझावहरु लिदैँछु । यहाँ समस्या धेरै छन् यसको नीतिगत सुधार गर्न आवश्यक छ’ उनले भने, ‘अझै मन्त्रालयकै सचिव आइपुग्नु भएको छैन । उहाँ आज मात्रै पोखरा आईपुगेको जानकारी पाएको छु, म आएको एक हप्ता एक दिन भयो सचिव छैन ।’
गण्डकी प्रदेशमा मृत्यु हुनेमा ७१ प्रतिशत नागरिक नसर्ने रोगका कारण मृत्यु हुनेगरी बताउदै मन्त्री पाठकले खानपिनमा समेत ध्यान दिनुपर्ने बताए । ‘खानपीनमा ध्यान नदिदाँ मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायतका रोगबाट मृत्यु हुने गरेको र यसको मृत्यु दर घटाउन आवश्यक रहेको छ ।’ सबैको साथ र सहयोग पाएमा परिवर्तन गरेर देखाउने सकिने उनको भनाई थियो ।
‘यो संवेदनशील क्षेत्र हो । अठोट लिएर आएको छु केही गर्छु भनेर । आत्मशक्ति पनि छ । तर, सबै तह र पक्षको सहयोगको आवश्यक पर्छ ।’ मन्त्री पाठकले थपे, ‘तपाईँहरु समन्वय र सहकार्य गर्नु परिवर्तन म गर्छु ।’
दुर्गम क्षेत्रमा डाक्टरहरु जान नमानेको र त्यसका लागि विशेष योजनाहरु लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । धवलागिरी उपप्रादेशकि अस्पताललाई मेडिकल कलेज बनाउन त्यस क्षेत्रका जनताको माग र आवश्यकता दुवै रहेकोले त्यसका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने उनले बताए । ‘मैले सवै जिल्ला र प्रदेशका नागरिकको स्वास्थ्यका वारेमा विशेष ध्यान दिएर काम गर्नेछु । योजनावद्ध रुपमा कामको थालिने गर्नेछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->