मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङमा सरकारी जीप दुर्घटना : तीन जनाको शव भेटियो, एक जना गम्भिर

बागलुङमा सरकारी जीप दुर्घटना : तीन जनाको शव भेटियो, एक जना गम्भिर


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८१, शुक्रबार

बागलुङ/ बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन् । मध्येपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बुलेरो जीप दुर्घटना भएको हो । दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको हो । अर्का एक पुरुष गम्भिर घाईते अबस्थामा फेला परेका छन् । उनीहरु कसैको पनि पहिचान खुलेको छैन् ।

जीप सडकदेखि झण्डै सात सयम मिटर तल खसेको छ । जीपमा सवार अन्य यात्रु समेत हुनसक्ने भएकाले खोजी भैरहेको प्रहरी नायव उपरीक्षक बिजय यादवले बताए । घटनाको बिषयमा थप जानकारी आउन बाँकी छ ।
दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन् । शुक्रबार बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->