बागलुङ/ बागलुङको गलकोटमा भएको बुलेरो जीप दुर्घटना स्थलमा रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा मगरको परिचय पत्र भेटिएको छ । घटनास्थल पुगेको प्रह्रीले खोजतलासका क्रममा उहाँको परिचयपत्र फेला परेको हो । “परिचय पत्र भेटिएका छन् तर सनाखत भएको छैन्” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रताप पौडेलले भने “सरकारी प्लेटको बुलेरोमा तीन जना मृत र एक जना बोल्न नसक्ने घाईते हुनुहुन्छ ।”





