पोखरा / सरकारी र नीजि क्षेत्रका इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको मतदान जारी छ । एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन आज भइरहेको छ । गण्डकी प्रदेशका इन्जिनियरहरु पोखराको सभागृहमा भेला भएर मतदान गरिरहेका छन् ।
प्रदेश कार्यकारिणी समितिको लागि गण्डकीमा दुई प्यानल समुहगत रुपमा निर्वाचनको मैदानमा छन् । चुनावमा प्रगतिशील र लोकतान्त्रिक विचार समुहका इन्जिनियरहरु प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । प्रगतिशील समुह ई.महेन्द्रबहादुर गोदारको नेतृत्वमा चुनावमा छ भने लोकतान्त्रिक समुह ई. सन्तोष जिसीको नेतृत्वमा चुनावी मैदानमा छन् । निर्वाचनमा दुवै समुहका विच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । तर, निर्वाचनमा दुवै समुहले आ-आफ्नो प्यानलले चुनाव जित्ने दावी गरेका छन् ।
गण्डकी प्रदेशमा १ हजार ५ सय ५१ इन्जिनियर मतदाता छन् । निर्वाचनमा दुई वटा मतपत्रमा मतदान भईरहेको छ । सवै मतदाताले केन्द्र र प्रदेशका छुट्टाछुट्टै मतपत्रमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितले जनाएको छ ।
यी हुन् गण्डकी प्रदेशका उम्मेदवारः
प्रगतिशील समुहका उम्मेदवारहरु:
सभापतिः इ.महेन्द्र वहादुर गोदार
उपसभापतिः इ. कृष्ण रिजाल
सचिवः इ. आनन्द भट्टराई
सहसचिवः इ. अस्मिता खनाल
कोषाध्यक्षः इ. सोवित श्रेष्ठ
सदस्यहरुः मनोज कुमार सिंह, पदमलाल अधिकारी, सुवास शर्मा, संजय सुवेदी, कालिदास सापकोटा, प्रदिप अर्याल, विवेक भट्टराई, ईश्वर भण्डारी, संजय लामिछाने, सुदर्शन ढकाल। गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा इ.रामचन्द्र पोखरेल ।
लोकतान्त्रिक समुहका उम्मेदवारहरु:
सभापतिः इ.सन्तोष जिसी
उपसभापतिः इ. विशाल थापा
सचिवः इ. निरोज लामिछाने
सहसचिवः इ. मन्जु शिलाकार
कोषाध्यक्षः इ. विश्वास आचार्य
सदस्यहरुः महेनद्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिना, रोचक क्षेत्री, ध्रुव रेग्मी, निरोज अधिकारी, लाल बहादुर खत्री, मनोज गिरी, रमेश भट्ट, सुमन शर्मा ।
गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा इ.रामचन्द्र पोखरेल अबित केसी ।





