बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र सचिव बीच कार्यसम्पादन सम्झौता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र सचिव बीच कार्यसम्पादन सम्झौता

कार्यसम्पादन करार कामलाई शतप्रतिशत सफल र समस्यालाई शून्य बनाउने कडी हो – मन्त्री भट्टराई


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८१, शुक्रबार

काठमाडौ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग पनि कार्यसम्झौता करार गरेकी हुन ।

कार्यसम्झौता करारमा हस्ताक्षर गरेपछि मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एक अर्काको पारस्परिक सम्बन्ध, कामको दिशा निर्देश गर्ने आकार निर्देश तथा लक्ष्य, सहकार्य र समन्वयको वातावरण तयार गर्न साथै काम देखिने दस्तावेज र आम जनतालाई थाहा पाउने व्यवहार भएको उल्लेख गरिन । प्रधानमन्त्री र मन्त्री बीच भएको कार्यसम्झौता करार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै एक मार्गनिर्देशन भएको र शिक्षा र विज्ञान जनताको जीवन र दैनिकीसँग तथा कामको प्रभावकारीतासँग प्रत्यक्ष जोडिने उनले बताइन ।

‘समृद्ध नेपाल, सुखी नेपाली, समावेशी लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र र समाजवाद अनुरूप राज्य व्यवस्थामा हामीले लेखेका कुरा पूरा नभएमा अविश्वास बढ्छ’, मन्त्री भट्टराइले भनिन्, ‘जनतामा सरकारप्रतिको विश्वास र भरोसा प्रबल हुनेगरी काम गर्नुपर्छ ।’ कार्यसम्पादन करारले कामलाई शतप्रतिशत सफल र समस्यालाई शून्य बनाउनेमा सहयोगी हुने भन्दै भट्टराईले कार्यसम्पादन करार समस्या समाधान गरेर दक्षता बढाउने र कामलाई नतिजामुखी, प्रभावकारी र समयसीमाबद्ध बनाई सेवाग्राही सन्तुष्टि बढाउने उपाय भएकाले सबैलाई प्रतिबद्ध भएर काममा लाग्न अनुरोध गरिन् ।

कार्यसम्पादन करारलाई कार्यप्रक्रियाको अभिन्न अंग बनाउँदै लक्ष्य पुरा गर्ने वस्तुनिष्ठ आधार निर्धारण गरी सुशासन, ऐन तथा निजामती सेवा ऐनको मर्मअनुसार सो सम्झौता गरिएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ । बिहीवार प्रधानमन्त्री र मन्त्री बीच सम्पन्न कार्यसम्झौतामा समय, लक्ष्य र सूचक तोकिएर १०० दिनभित्र गरिने ९ वटा, २०० दिनभित्र गरिने ८ वटा र २३ वटा अन्य कार्यसूचक तोकिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->