बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी

गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् ।

रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थिय । तीमध्ये ३ जनालाई सिफारिश समितिले सर्ट लिस्टमा राखेर मुख्यमन्त्रीलाई बुझाएको थियो । प्रदेशका संचार माध्ययमका व्यवस्थापनका लागि प्रदेश आम संचार ऐन को दफा ६ मा व्यवस्था भए अनुसार सरकारले प्रेस रजिष्टार नियुक्त गरेको हो । रजिष्ट्रारको कार्यकाल चार वर्षे हुनेछ। ३५ वर्ष पुगी ६० ननाघेको, स्नातकोत्तर उत्तीर्ण र पत्रकारितामा १५ वर्ष काम गरेको व्यक्तिलाई छनोट समितिले सिफारिस गर्न सक्ने प्रावधान राखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->