बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गोरखा मिलन समाजमा अग्रीमको नेतृत्व

गोरखा मिलन समाजमा अग्रीमको नेतृत्व


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८१, शनिबार

पोखरा/ गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रीम श्रेष्ठ चयन भएका छन् । शनिबार भएको समाजको २५ औं साधारणसभा तथा १३ औं अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षमा सन्तबहादुर लामिछाने, महासचिवमा शित्तल श्रेष्ठ, सचिवमा गीता खनाल, कोषाध्यक्षमा शेरबहादुर राना र सहकोषाध्यक्षमा धिरज श्रेष्ठ चयन भए । सदस्यहरुमा ऋषि गिरी, सुवास अंगाई, ललिता श्रेष्ठ, हिरामाया रेग्मी, बिपिन श्रेष्ठ, भोजबहादुर अधिकारी, सुजन भट्टराई, रोशनी थापा मगर, मिलन बाबु सुनार, कल्प्ना थापा, अमृता गिरी र बिकल श्रेष्ठ चयन भएका निर्वाचन समिति संयोजक तिलक तिवारीले जानकारी दिए । अधिवेसनपछि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी २ वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । उनले सबै गोरखालीहरुलाई एकताबद्ध बनाउन प्रयत्न गर्ने बताए ।

त्यसअघि अधिवेसनको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाली कसैले पनि शीर झुकाउन नपर्ने गरी काम गर्ने बताए । ‘गोरखा जिल्लाबाट निर्वाचित सांसद र अहिलेको मुख्यमन्त्रीको जिम्मेवारी बहन गर्दै गर्दा कुनै पनि नराम्रो काम मैले गरेको छैन । अहिलेसम्म यो अवधीमा तपाईंहरुले मेरो कामबाट शीर झुकाउन परेको छैन,’ उनले भने, ‘सकेसम्म राम्रो गरेर जान्छु । नभएपनि शीर झुकाउने काम गर्ने छैन । या मेरो प्रतिवद्धता तपाईंहरुमाझ गरें ।’ मुख्यमन्त्री पाण्डेले बिगतका वर्षहरुमा भन्दा आफू मुख्यमन्त्री भएपछि गोरखामा बजेट र कार्यक्रम धेरै गएको बताए । ‘अघिल्लो ५ वर्षमा भन्दा मेरो कार्यकाल सुरु भएपछि यो डेढ वर्षमा बढी बजेट जिल्लामा गएको छ । अझै धेरै काम गर्न बाँकी छ,’ उनी भन्छन्, ‘तपाईंहरुको सल्लाह र सुझाव अनुसार हामी काम गर्छौं । जिल्लाको विकासमा तपाईंहरुले पनि चासो दिनुप¥यो ।’

गण्डकी प्रदेका सभामुख कृष्णप्रसाद धितालले पोखरामा रहेका गोरखालीलाई समाजले एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले समाज र गोरखाली प्रत्येक व्यक्ति आपसमा परिपुरक भएको बताए । ‘यो समाजको काम देशमै उल्लेख्य छ । अझै राम्रो कामको अपेक्षा गरेको छु,’ उनले भने, ‘समाजको विगतको विरासतलाई जोगाउन नयाँ समितिले पनि जिम्मेवारी वहन गरोस् ।’ उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देबकोटाले गोेरखाको समग्र बिकास सहितको समृद्ध गण्डकी प्रदेशको परिकल्पना बोकेर काम गरिरहेको बताए । उनले समाजले गरेका धेरै कार्यहरुमा सहभागी भएको र यसबाट गोरखालीसँग आत्मियता बढेको बताए ।

पूर्वमन्त्री हरिशरण आचार्यले गोरखाको बिकासको लागी मुख्यमन्त्री, सभामुख र मन्त्री समेत गोरखाबाट प्रतिनिधित्व गर्ने भएकोले एकीकृत योजना लिएर चल्नुपर्ने सुझाव दिए । त्यसमा समाजले जोड दिनुपर्ने उनको तर्क छ । कार्यक्रममा पूर्व अध्यक्ष इन्जिनियर इश्वर चन्द्र देबकोटा, स्मारिका प्रकाशन संयोजक सूर्य क्षेत्री, संस्थापक सचिव गणेश श्रेष्ठ लगायतले समाजको कामप्रति प्रशंसा गरेका थिए । सोही अवसरमा समाजले रजत जयन्तीको अवसरमा प्रकाशन गरेको स्मारिका पनि विमोचन गरिएको छ । कार्यक्रममा समाजले विभिन्न शीर्षकमा स्थापना गरिएको छात्रवृत्ति वितरण गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि १० जना बिद्यार्थीहरुलाई जनही १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको अध्यक्ष कोपीला श्रेष्ठले जानकारी दिइन् । उनले आफ्नो कार्यकालमा सम्पादन गरेका कामबारे कार्यक्रममा प्रस्तुती राखेकी थिइन् । श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सन्तबहादुर लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->