पोखरा/ उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी भएका छन् । शनिबार भएको मतदानपछि आइतबार मध्यान्हबाट सदस्यहरुको मतगणना सकिएपछि पदाधिकारीको मत गन्न थालिएको थियो । प्रधानांगले ११ सय ७७ मत पाए । उनका प्रतिद्वन्द्वी बालकृष्ण कोइरालाले १ हजार ४७ मत ल्याएका छन् ।
१० सदस्य निर्वाचित
यसैबीच पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशनमा कार्यसमिति सदस्यतर्फ १० जना निर्वाचित भएका छन । देवेन्द्र प्रजू, सौगात थापा, ललितबहादुर कुँवर, भीम गौतम, दूधमान गुरुङ, जीवनप्रकाश श्रेष्ठ, टीकाराम सुवेदी, रामचन्द्र तिमिल्सिना, प्रदीप राजभण्डारी र यादवराज पोखरेल निर्वाचित भएका हुन । १० खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका लेखनाथ सुवेदी, विष्णुप्रसाद तिमिल्सिना, विनोद केसी र प्रेमप्रसाद सुवेदी भने पराजित भए ।
नयाँ नेतृत्वका शनिबार लागि भएको चुनावमा २ हजार २ सय ५१ मत खसेको थियो । संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की मैदानमा छन् । अहिले मतगणना भइरहेको छ ।





