बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाल दिवसमा बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

बाल दिवसमा बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८१, आइतबार
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: null; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

पोखरा/  ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह÷अपांग बाल अस्पताल तथा पुूर्नस्थापना केन्द्र बनेपाको प्राविधिक सहयोग, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा जन्मजात खुुट्टााको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएको बांगो, हड्डी नजोडिएको खुुट्टा लुुलो र कमजोर भएको, जोर्नीहरु दुुख्ने र सुन्निने समस्या भएका , हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि.रोग लागेका बालबालिकाको उपचार गरिएको थियो । त्यस्तै शिविरमा औलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बांगो वा खुुुस्किएको, सहायक सागम्री तथा कुृत्रिम अंगको आवश्यकता भएका र ओठ तालु फाँटेका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको अंपागता बाल अस्पाताल तथा पूर्नस्थापना केन्द्र बनेपाका शालिकराम तिमिल्सिनाले जानकारी दिए ।

शिविरको पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुुदेवी गुुरुङले उद्घाटन गर्दै शिविरले शारीरिक रुपमा अपांगता भएका बालबालिको स्वास्थ्य परीक्षणमा सहज भएको बताइन् । उनले उपचार र परीक्षणका लागि बनेपा जानुपर्ने बाध्यता समेत हटेको बताउदै शारीरिक रुपमा समस्या भएका बालबालिलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा महानगर गम्भिर रहेको बताइन् । पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा दिर्नेशक निर्मला शर्मा र महिला विकास अधिकृत बेलकुमारी गुुरुङले बोलेका थिए ।

यस्तै पोखरा महानगरपालिका वडा नम्वर १८ मा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई फलफुलट वितरण गरिएको छ । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सुुधार गृहमा रहेका बालकहरुलाई फुलफुल वितरण गरेको हो । आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बालगृहका वाडेन अजय क्षेत्रीलाई फलफुुल हस्तान्तरण गरिन् ।

उनले बाल सुुधार गृह अनुुगमन गर्दै त्यहाँको आवश्यकताका बारेमा छलफल गरिएको बताइन् । उनले सुधार गृहलाई आवश्यक सामग्री केही समयपछि हस्तान्तरण गरिने बताउदै अहिले आवश्यकता बारे वार्डेनसंग छलफल र अनुुगमन गरिएको बताइन् । बाल सुधार गृहका वार्डेन अजय केसीले बाल सुुधार गृहमा क्षमताभन्दा बढि बालकहरु राख्दा केही समस्या रहेको बताउदै महानगरसंग खाना खानका लागि टेबल कुर्चीको अभाव रहेको बताउदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । हाल सुुधार गृहमा ११० जना बालकहरु रहेका छन् । सुुधार गृहको क्षमता ६० जनाको रहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->